back
NMB ad

यु–१९ विश्वकप क्रिकेट : पाकिस्तानद्वारा नेपाल पराजित   

Kumari bank ad

काठमाडौँ, १० माघ : आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेटअन्तर्गत समूह ‘डी’ को आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपाललाई पाकिस्तानले पाँच विकेटले हराएको हो । जितसँगै पाकिस्तान समूह ‘डी’बाट सुपर सिक्समा प्रवेश गरेको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित क्रिकेट मैदानमा नेपालले आज टस जितेर पहिला ब्याटिङ गर्दै पाकिस्तानलाई जितका लागि एक सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त विजय लक्ष्य पाकिस्तानले पाँच विकेटको क्षतिमा ४७ दशमलव चार ओभरमा पूरा ग¥यो । पाकिस्तानका लागि आजन आविसले अविजित ६३, शम्याल हुसेनले ३७, शाहजैब खानले ३७, अहमद हसनले २९ तथा हारुन अर्शदले अविजित १५ रन बनाए ।

बलिङतर्फ नेपालका आकाश चन्दले तीन तथा आकाश त्रिपाठी र दिपेश काडेलले एक एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नेपालले सवै विकेट गुमाएर एक सय ९७ रन बनाएको थियो । नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रनको योगदान दिए । उनले ६८ बल खेल्दै चार चौका र एक छक्का प्रहार गरे । यस्तै दीपक डुम्रेले ५८ बल खेल्ने क्रममा एक छक्कासहित २६ रन बनाए । कप्तान देव खनालले ३७ बलमा तीन चौकासहित २३, गुल्शन झाले १८, सुवास भण्डारीले २०, आकाश चन्दले अविजित १६, दिपेश कँडेलले १३ तथा अर्जुन कुमाल र आकाश त्रिपाठीले समान ६÷६ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका अराफात मिनहासले तीन, उबैद शाह र अहमद हुसैनले दुई दुई तथा अली असफन्ड, खुबैब खलिल र मोहम्मद जिशनले एक एक विकेट लिए ।

प्रतियोगितामा यसअघि नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई एक सय ८१ रनले हराएको थियो । नेपालले अब शुक्रबार समूह ‘डी’ को अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ ।

वि.सं.२०८० माघ ११ बिहीवार ०६:२६ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...