
काठमाडौं । नयाँबानेश्वरमा सडक भासिएको छ । सडक भासिएपछि कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा. ३ ख ३७६२ नम्बरको यात्रुवाहक बस गुड्दागुड्दै फसेको हो । एभरेष्ट होटलको अगाडि सर्भिस लेनमा बस कोल्टो परेर भासिएको हो ।
सडकमा बस भासिएलगत्तै यात्रु बाहिर निस्किएका थिए । नयाँ वानेश्वर क्षेत्रमा विगत केही वर्षयता सडक सुधारका काम भइरहे पनि खाल्डाखुल्डि हुने, पानी जम्नेलगायतका समस्याले गुणस्तरमा प्रश्न उठ्दै आएको छ ।
वि.सं.२०८० माघ १२ शुक्रवार १३:४५ मा प्रकाशित