back
NMB ad

विश्वकप क्रिकेट : अफगानिस्तानले पहिला ब्याटिङ गर्दै   

Kumari bank ad

काठमाडौँ, १२ माघ : आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले टस हारेको छ ।

दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा भर्खरै भएको टसमा अफगानिस्तानका कप्तान नासिर खानले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । यससँगै अब नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपाल र अफगानिस्तान यु–१९ विश्वकपमा पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।
समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज अफगानिस्तानलाई जित्नै पर्ने दबाब छ । प्रतियोगिताको सुपर सिक्समा प्रवेश गर्नका लागि पनि नेपाललाई जित्नैपर्ने दबाब रहेको हो ।

समूह ‘डी’ को पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । त्यस्तै, दोस्रो खेलमा नेपालले पाकिस्तानसँग पाँच विकेटको हार बेहोरेको थियो । आजको खेलमा जित निकाले नेपाल सुपर सिक्समा पुग्नेछ । यता अफगानिस्तानले पनि नेपाललाई पराजित गरेमा सुपर सिक्समा पुग्नेछ ।

अफगानिस्तानले पहिलो खेलमा पाकिस्तानसँग एक ८१ रन र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार बेहोरेको थियो ।

नेपालको प्लेइङ ११ मा कप्तान देव खनालसहित विपिन रावल (विकेटकिपर), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक बोहोरा, गुलशन झा, दीपक डुम्रे, दीपेश कँडेल, सुभाष भण्डारी, आकाश चन्द र तिलक भण्डारी छन् ।

वि.सं.२०८० माघ १२ शुक्रवार १३:५७ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...