back
NMB ad

नेपालगञ्ज विमानस्थलबाट हुने हवाई उडान प्रभावित   

Kumari bank ad

नेपालगञ्ज (बाँके), १३ माघ : नेपालगञ्ज विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन् । शीतलहर र बाक्लो हुस्सुका कारण भिजिविलिटी नहुँदा आज सो विमानस्थलबाट हुने कुनै पनि उडान नभएको नेपालगञ्ज विमानस्थल राँझाका प्रमुख सुरेश खनालले जानकारी दिनुभयो ।

प्रमुख खनालले नेपालगञ्ज विमानस्थलबाट पहाडी जिल्ला सिमीकोट, हुम्ला, बाजुरा र रारा जाने समिट र तारा एयरलाइन्सको छ जहाजको उडान नभएको उल्लेख गर्दै काठमाडौँ जाने श्री एयरलाइन्सको दुई, यती एयरलाइन्सको एक र बुद्ध एयरलाइन्सको छ उडान नभएको बताउनुभयो । यसबाहेक श्रीएयरलाइन्सको माउन्टेन फ्लाइट पनि भएको छैन ।

बाक्लो हुस्सु र शीतलहरका कारण यहाँको जनजीवन प्रभावित भएको छ । नेपालगञ्जमा स्थानीयले विभिन्न चोकमा दाउरा बालेर आगो तापेको दृश्य जतासुकै देख्न पाइन्छ । केही साताअघि चिसो बढेको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले सामूहिकरूपमा आगो ताप्न दाउरा वितरण गरेको थियो ।

वि.सं.२०८० माघ १४ आइतवार ०६:२८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...