काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । उक्त दिन बजार १०.३७ अंकले बढेर २०९४ को विन्दुमा कायम हुन पुगेको छ । यसअघि सेयर बजार लगातार ७ कारोबार दिन घटेको थियो ।
आज नेप्सेमा कारोबार भएको ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजारको कारोबार भएको छ । बजारमा सुधार आउँदा ९ वटा उपसूचकमा हरियाली छाएको छ । आज विकास बैंक समूहको १.२२ प्रतिशत, फाइनान्स समूहको ०.८२ प्रतिशतले सेयर मूल्य बढेको हो ।
वि.सं.२०८० माघ १४ आइतवार १५:१७ मा प्रकाशित