काठमाडौं । रिडी पावर कम्पनी लिमीटेडले ५० प्रतिशत हकप्रद निश्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १ः०.५ बराबर हकप्रद निश्कासनका लागि २०८० माघ २२ गते बुक क्लोजको मिति तोकेको हो ।
यसर्थ माघ २१ गतेसम्म कायम कायम रहने सेयरधनीहरुले मात्र रिडीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
वि.सं.२०८० माघ १४ आइतवार १७:४५ मा प्रकाशित