काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ बढेको छ । उक्त दिन सुन प्रतितोला ३०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ७५० रुपैंयामा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन आइतबार सुनको भाउ स्थिर रहँदै प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै उक्त दिन चाँदीको भाउ प्रतितोला ५ रुपैंयाले बढेर प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४०० रुपैंयामा कारोबार भएको थियो ।
वि.सं.२०८० माघ १५ सोमवार १०:४४ मा प्रकाशित