काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । उक्त दिन बजार १०.२६ अंकले बढेर २१०४ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजारको कारोबार भएको छ । बजारमा सुधार आउँदा १० वटा उपसूचकमा हरियाली छाएको छ ।
उक्त दिन विकास बैंक समूहको ०.०७ प्रतिशत, फाइनान्स समूहको ०.४९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.११ प्रतिशतले सेयर मूल्य बढेको हो ।
वि.सं.२०८० माघ १५ सोमवार १५:१८ मा प्रकाशित