काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ बढेको छ । उक्त दिन सुन प्रतितोला ३०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन १ लाख १८हजार ५० रुपैंयामा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन सोमबार सुनको भाउ स्थिर रहँदै प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै उक्त दिन चाँदीको भाउ प्रतितोला १५ रुपैंयाले बढेर प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४०५ रुपैंयामा कारोबार भएको थियो ।
वि.सं.२०८० माघ १६ मंगलवार १०:३७ मा प्रकाशित