काठमाडौ । अन्नपूर्ण केबलकार लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । सोही प्रस्ताव सहित कम्पनीले फागुन ११ गते वार्षिक साधारण सभा बोलाएको हो ।
सभा वाटरफ्रन्ट रिसोर्ट लेकसाईड पोखरामा दिउँसो २ बजेबाट सुरु हुनेछ । सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने एजेण्डा रहेको छ । त्यस्तैगरी, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।
वि.सं.२०८० माघ १८ बिहीवार १३:१९ मा प्रकाशित