रुपन्देही । लुम्बिनी प्रदेशमा माघ २१ गते आइतबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते सार्वजनिक बिदा दिने भएको हो ।
२०७४ माघ २१ गते लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सोही दिन प्रदेशमा स्थापना दिवस मनाउन थालिएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी स्थापना दिवस मनाउने लुम्बिनी सरकारको तयारी छ ।
वि.सं.२०८० माघ १८ बिहीवार १७:५७ मा प्रकाशित