back
NMB ad

कार्यकर्ताले नेता बोक्ने होइन, पार्टी बोक्ने हो : महासचिव पोखरेल   

Kumari bank ad

मलेखु (धादिङ) : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक दलका कार्यकर्तामा सिङ्गो पार्टीलाई भन्दा नेतालाई बढी विश्वास गर्ने परिपाटी बढेसँगै दलहरूमा फुटको अवस्था सिर्जना भएको धारणा राख्नुभएको छ ।

एमाले धादिङको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै पोखरेलले कार्यकर्ताकै कमजोरीले पार्टीमा विभाजित हुने अवस्था सिर्जना भएको बताउनुभयो । कार्यकर्ताले पार्टी नबोक्ने तर नेतामात्र बोक्दा पार्टी सकिने बताउनुभयो ।

“कार्यकर्ताले नेता बोक्ने होइन, पार्टी बोक्नुपर्छ, त्यसपछि मात्रै पार्टी मजबुत बन्नेछ”, उहाँले भन्नुभयो, “नेताहरूले आफूलाई धुरी ठान्नुहुन्न, पार्टीलाई धुरी ठान्नुपर्छ, जनतामा बढ्दै गएको निराशालाई आशामा बदल्न सकिएन भने मुलुकमा समस्या सिर्जना हुन्छ । राष्ट्र जोगाउने हो भने जनतालाई निराश हुनबाट जोगाउनुपर्छ”, उहाँले भन्नुभयो ।

सात सय प्रतिनिधि सहभागी हुने अधिवेशनले एक सय पाँच सदस्यीय जिल्ला कार्यसमिति चयन गर्नेछ ।

वि.सं.२०८० माघ २० शनिवार ०७:०९ मा प्रकाशित

You can share this post!

लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल   

लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:०३

काठमाडौँ, १६ वैशाखः नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा...

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...