back
NMB ad

राष्ट्रिय हित रक्षाका निम्ति सशक्त भूमिका निर्वाह गर्ने एमाले अध्यक्षको प्रतिबद्धता   

Kumari bank ad

काठमाडौँ, २० माघ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको रक्षा गर्न आफ्नो दलले जिम्मेवार, सकारात्मक तथा सशक्त भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसदीय अभ्यासलाई प्रभावकारी बनाउन प्रतिपक्षकोे भूमिका महत्वपूर्ण हुने बताउनुभयो । “मुलुकमा देखिएका बेथितिविरुद्ध बोल्नुपर्छ”, संसद्मा दृढताका साथ प्रस्तुत हुन सांसदलाई निर्देशन दिँदै उहाँले भन्नुभयो । आफ्नो क्षमताअनुसारको संसदीय समिति चयन गरेर प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो ।

संसद्मा प्रतिपक्षको भूमिका सशक्त र प्रभावकारी हुनुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि खोजमूलक ढङ्गबाट प्रस्तुत हुन आग्रह गर्नुभयो । “व्यवस्थित ढङ्गले संसद् तथा समितिका आगामी बैठक सञ्चालन गर्ने, समितिलाई थप क्रियाशील बनाउने र बढीभन्दा बढी छलफलमा जुट्ने, समितिका कामलाई प्रभावकारी बनाउनुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो । दलका जनप्रतिनिधिले आफ्नो क्षेत्रमा सुशासन र विकासका निम्ति डटेर लाग्नुपर्छ भन्दै उहाँले दलीय व्यवस्थाप्रति नकारात्मक अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताउनुभयोे ।

वि.सं.२०८० माघ २० शनिवार १६:५० मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...