back
NMB ad

बैङ्किङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ, चार करोड जरिवाना

Kumari bank ad

काठमाडौँ, २१ माघ : नेपाल प्रहरीले अदालतबाट तीन वर्ष कैद र रु चार करोड जरिवाना ठहर गरेका एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बैङ्किङ कसुर मुद्दामा पुनरावेदन अदालत पाटनबाट तीन वर्ष कैद र रु चार करोड जरिवाना ठहर भएकी काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ की ४५ वर्षीय मन्दिरा केसी कार्कीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले भक्तपुरको साबिक चाँगुनारायण गाविस–७ र ९ मा रहेका जग्गाको धितो राखेर ऋण निकालेर लगानीको दुरुपयोग गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो । “मन्दिराले आफू सञ्चालक रहेको घराना डेभलपर्स प्रालिको नाममा ऋण बनाएर लगानी नगरी रकम दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ”, उहाँले भन्नुभयो ।

मुद्दामा साबिक पुनरावेदन अदालत पाटनको २०७१ साल वैशाख २९ गतेको फैसलाले मन्दिरालाई तीन वर्ष कैद र रु चार करोड जरिवाना हुने ठहर गरेको थियो । शनिबार काभ्रेपलाञ्चोकको बनेपाबाट पक्राउ परेकी मन्दिरालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

वि.सं.२०८० माघ २२ सोमवार ०६:२० मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...