back
NMB ad

प्रभु महालक्ष्मी लाइफको मिड टर्म विजनेस समिट सम्पन्न

Kumari bank ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नारायणगढ, चितवनमा ‘मिड टर्म विजनेस समिट २०८०’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीका शाखा र उपशाखा प्रमुखहरु, क्षेत्रीय र उप क्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उपस्थितिमा माघ १९ गते देखि २१ गते सम्म ३ दिने विजनेस समिट कार्यक्रम सम्पन्न गरेको हो ।

‘मिड टर्म विजनेस समिट २०८०’को उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रमुख कार्यकारी अधिकृत प्रसाईले यस किसिमका विजनेस समिट कार्यक्रमले कम्पनीमा रहेका कर्मचारीहरुको कार्यक्षमता अभिबृद्धि, व्यक्तित्व एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । निमित्त प्रमुख कार्यकारी अधिकृत प्रसाईले थप्नुभयो, दुईवटा कम्पनीको मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी दिनमा कर्मचारी, बीमित, तथा सरोकारवालाहरुमा थप उर्जा, जोस, उत्साह प्रदान गर्ने छ ।

उहाँले थप्नुभयो, एकताले नै समृद्धि हासिल हुन्छ । हाम्रो एकताले समृद्धिको सन्देश दिने छ । हाम्रो लक्ष्य प्राप्ती एवं सफलता हासिल टिम वर्कले नै सम्भव छ, त्यसैले हामी टिम वर्कमा काम गरौं निमित्त प्रमुख कार्यकारी अधिकृत प्रसाईले थप्नुभयो ।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले अन्डरराइटिङ्गका बारेमा तालिम दिँदै सो सम्बन्धमा आएका जिज्ञासा माथि समेत प्रष्ट पार्नु भयो ।
प्रभु महालक्ष्मी लाइफका नायव महाप्रबन्धक सोन बहादुर मगरले सम्बोधन गर्दै जीवन बीमा व्यवसाय र व्यवसाय बृद्धिका सुत्रहरुका बारेमा प्रष्ट पार्नुभयो । नेपाल बीमा प्राधिकरणबाट प्राप्त निर्देशिका अनुसार कम्पनीले भर्खरै ल्याएको जीवन किरण सावधिक बीमा योजना (बालबालिका) बारेमा कम्पनीका प्रोडक्ट एण्ड रिसर्च डेभलपमेन्ट विभाग प्रमुख प्रयास श्रेष्ठको विस्तृत प्रस्तुती रहेको थियो ।

वि.सं.२०८० माघ २२ सोमवार ११:५० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...