back
NMB ad

छ महिनामा तीन हजार पैँतालिस लागुऔषध कारोबारी पक्राउ   

Kumari bank ad

काठमाडौँ, २२ माघ : बितेका छ महिनामा तीन हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र लागुऔषधसम्बन्धी अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

उक्त अवधिमा दुई हजार सात सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन् । यीमध्ये एक हजार नौ ६० मुद्दा दर्ता भएका छन् । पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका हुन् । उनीहरूबाट आठ हजार तीन सय २० केजी गाँजा, चरेश तीन सय आठ केजी चरेस, १० केजी हेरोइन, २७ केजी अफिम र तीन केजी कोकिन सोही अवधिमा बरामद गरी नष्ट गरिएको समाचारकक्षले जनाएको छ ।

यसैबीच, पनौती नगरपालिका–५ आईटी पार्कस्थित सडकबाट दुई सय ८५ केजी अवैध गाँजासहित तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार नुवाकोटको विदुर नगरपालिका–११ का बुद्धमान तामाङ, रामेछाप नगरपालिका–८ का २० वर्षीय सञ्जित तामाङ र ५३ वर्षीया विमला तामाङलाई पक्राउ गरिएको हो ।

आजै अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ७६ ग्रामसहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वि.सं.२०८० माघ २३ मंगलवार ०६:३१ मा प्रकाशित

You can share this post!

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:१६

काठमाडौँ २१ वैशाख: राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०६

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...