काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको छ । उक्त दिन सुन प्रतितोला ५०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ४५० रुपैंयामा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै उक्त दिन चाँदीको भाउ प्रतितोला १५ रुपैंयाले घटेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३९० रुपैंयामा कारोबार भएको थियो ।
वि.सं.२०८० माघ २३ मंगलवार १०:४१ मा प्रकाशित