back
NMB ad

रेमिट्यान्समा आकर्षण वृद्धि, पुसमा मात्रै १ खर्ब १९ अर्ब भित्रियो

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको पुससम्ममा रेमिट्यान्स २५ प्रतिशतभन्दा धेरैले बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मशान्तसम्मको तथ्याँकमा रेमिट्यान्स बढ्दै गएको देखिएको हो।

पुससम्ममा ७३३ अर्ब २२ करोड रेमिट्यान्स भित्रिएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशतले धेरै हो। पुस महिनामा मात्रै १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएको छ।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २०७,९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १३५,४३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २७५,६४३ र १४२,५४८ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २४ प्रतिशतले वृद्धि भई रु.७९९ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.७ प्रतिशतले बढेको थियो ।

वि.सं.२०८० माघ २३ मंगलवार १२:३० मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...