back
NMB ad

अजाया र अल अली ग्रुप, युएइ बीच साझेदारीका लागि एमओयू

Kumari bank ad

काठमाडौं । डायमण्ड (हिरा)कोअन्तराष्ट्रिय बा्रन्ड अजाया, नेपाल र दुबईकोअल अली ग्रुपले व्यावसायिक साझेदारीको हात अघि बढाएका छन् । अजाया ब्राण्डलाई विश्व बजारमा लैजाने र नेपालमा पर्यटन व्यवसायमा साझेदारी गर्ने उद्देश्यले यी दुई व्यापारिक समूहले मंगलवार एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।

अल अली ग्रुपका कार्यकारी अध्यक्ष महामहिम याकुब अल अली र अजाया नेपालका राकेश कुमार अडुिकयाले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यो समझदारीले विज्ञता र लगानीलाई एकै ठाउँमा ल्याएको हुँदा अजायाले छोटो समयमै विश्व बजारमा पहिचान बनाउने अपेक्षा गरिएको छ ।

त्यसैगरी विश्वकै चर्चित पर्यटन गन्तव्य दुबईको अनुभवी एवं प्रतिष्ठित कम्पनीलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न यो समझदारीले प्रोत्साहित गर्नेछ । विश्व बजारमा नेपाली हस्तकलाको प्रवद्र्धनमा पनि यो समझदारी कोसेढुंगा बन्न सक्ने अपेक्षा गरिएको छ ।

समझदारीबारे स्पष्ट पार्दै अजायाका राकेश अडुकिया भन्नुहुन्छ, ‘अजाया हामीले डायमन्डमा हासिल गरेको विशेषज्ञताका आधारमा अघि बढाइएको ब्राण्ड हो। यसलाई नेपालमा मात्रै नभएर विश्व बजारमै स्थापित गर्ने लक्ष्य छ । अल अली ग्रुपसँगको साझदोरीले लगानी र विशेषज्ञतालाई एकैठाउँमा ल्याउने काम गरेकाले यो नेपाली ब्रान्ड छोटो समयमै विश्व बजारमा स्थापित हुने अपेक्षा गरेका छौं ।’

त्यसैगरी विशाल सम्भावना रहको नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानी भित्र्याउन पनि यो समझदारीले सहयोग गर्ने उहाँले बनाउनु भयो । निकट भविष्यमै अल अली ग्रुप र अजायाको संयुक्त लगानीका उद्योगमार्फत पर्यटन क्षेत्रमा प्रवेश गर्ने बताउनु भयो ।

अल अली ग्रुपका कार्यकारी अध्यक्ष याकुब अल अलीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने आफ्नो समूहको चाहनालाई मूर्त रुप दिन योसमझदारी कोसेढुंगा साबित हुने बताए । ‘नेपालको पर्यटन क्षेत्रमा हामीले ठूलो सम्भावना देखेका छौं । अल अली ग्रुप पर्यटन र अतिथि सत्कार क्षेत्रको आफ्नो लामो अनुभवलाई नेपालमा पनि लगानी गर्न चाहन्छ । आजको समझदारी र अजायासँगको हातेमालोले हामीलाई निकै उत्साहित बनाएको छ ।’ उनले भने ।

वि.सं.२०८० माघ २३ मंगलवार १७:२५ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...