back
NMB ad

संसद्लाई प्रभावकारीरुपमा सञ्चालन गर्न एमालेको माग   

Kumari bank ad

काठमाडौँ, २४ माघ : नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले जनतामा आशा जगाउँदै संसद्लाई प्रभावकारीरुपमा सञ्चालन गर्न सरकार जवाफदेहीरुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्ने क्रममा प्रमुख सचेतक गिरीले संसद्को सुसञ्चालन, सुशासन कायम र सेवा प्रवाहका सवालमा सरकारलाई थप जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

संसद्को गत अधिवेशनमा एकमात्र कानुन बनेको र संसदीय समितिको नेतृत्व चयनमा ढिलाइ भएको हुँदा प्रभावकारी काम हुन नसकेको उल्लेख गर्दै उहाँले चालु अधिवेशनमा सभामुखबाट ल्याइएको कार्यतालिकाको स्वागत गर्दै यसको सफल कार्यान्वयनमा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रमुख प्रतिपक्षका हैसियतले एमालेले जनताका विकास र निर्माणका सवाललाई घनिभूतरुपमा उठाउने बताउनुभयो । उहाँले एमालेले सञ्चालन गरेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको मध्यपहाडी (पुष्पलाल) सङ्कल्प यात्राका क्रममा प्राप्त जनताका अपेक्षा र चाहनालाई समेटेर पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाइएको ध्यानाकर्षण कार्यान्वयन हुनुपर्ने माग गर्नुभयो ।

उहाँले राष्ट्रिय गौरवका आयोजनादेखि गाउँगाउँका खानेपानी, विद्यालय भवन र स्थानीय तहका आधारभूत अस्पताल निर्माणका काम गर्नुपर्ने भन्दै त्यससम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेता गिरीले प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम र सामाजिक सुरक्षाका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालनको माग गर्नुभयो । उहाँले रुसी सेनामा कामका लागि गएका नेपालीहरु उद्धार गरी नेपाल ल्याउन र इजरायलमा सम्पर्कबिहीन भएका विपीन जोशीलाई सकुशल स्वदेश फर्काउन सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले देशभित्र रोजगारी दिन पनि नसक्ने र कामका लागि दक्षिण कोरिया जान खोजेका युवाले गोली लागेर ज्यान गुमाउनुपर्ने अवस्था दुखद् भएको बताउनुभयो ।

बैंकहरुले वर्षमा चार पटकसम्म ब्याजदर बढाएर उद्यमी र ऋणीलाई डुबाएको र सहकारी सञ्चालकले बचतकर्तालाई रुँदै सडकमा आउन बाध्य पार्ने स्थिति भएको उल्लेख गर्दै उहाँले यसमा सरकारले यस्ता मुद्दामा जति सुकै बलिया व्यक्ति भए पनि कानुनको दायरामा ल्याउनुपर्ने माग गर्नुभयो । उहाँले एनसेनको शेयर खरिद प्रक्रियामाथिको छानबिन प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

वि.सं.२०८० माघ २४ बुधवार १४:०६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...