back
Kumari Bank

वीरगञ्ज महानगरले जरिवानाबाट उठायो साढे २४ लाख राजस्व   

Nepal Bank

वीरगञ्ज (पर्सा), २५ माघ : जथाभावी फोहर फ्याँक्नेहरुमाथि कारबाही सुरु गरेको वीरगञ्ज महानगरपालिकाले गएको छ महिनामा साढे २४ लाख रुपैयाँ जरिवाना उठाएको छ ।

वीरगञ्ज महानगरपालिकाले गत विसं २०७९ पुस १७ गतेदेखि जरिवाना गर्न सुरु गरेको र हालसम्म जथाभावी फोहर फ्याँक्ने व्यक्ति र संस्था गरी नौ सय जनाबाट रु २४ लाख ६३ हजार जरिवानाबापतको राजस्व सङ्कलन गरेको सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिनुभयो ।

‘‘घर, पसल र कार्यालयबाट निष्किने फोहर जताततै फ्याँक्ने स्थानीयहरुको प्रवृत्ति छ”, सरसफाइ शाखा प्रमुख मियाँले भन्नुभयो, “त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।” यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएकोसमेत उहाँको भनाइ छ ।

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरका ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ ।

सफा, सुन्दर वीरगञ्जको योजनाअनुसार अहिले बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला र सडक सरसफाइ गरिरहेको पनि उहाँले बताउनुभयो ।

विगतमा अस्तव्यस्त र दुर्गन्धित नगरकारुपमा परिचित वीरगञ्ज महानगर क्षेत्रलाई मुलुककै नमुना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाएपछि यतिबेला वीरगञ्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको छ । बजेट अभावका कारण देखाउँदै सरसफाइका कर्मचारी हटाएपछि भने फेरि पुरानै अवस्थामा त फर्किने होइन भन्ने चिन्ता बढेको सरसफाइ प्रमुख मियाँको कथन छ ।

“सरसफाइका कर्मचारीले दैनिक सडक र नाला सफा गर्दा सडक चिटिक्क बनेको छ”, प्रमुख मियाँले भन्नुभयो, ‘‘तर केही दिनयता सरसफाइका कर्मचारी घट्दै गएका छन्, जसका कारण अपेक्षाकृतरुपमा सरसफाइको काम हुन सकेको छैन ।”

स्थायी प्रकृतिका सरसफाइ कर्मचारीले अवकाश पाएका र ज्यालादारीका रुपमा राखिएकालाई बजेट अभावका कारण हटाउनुपरेको उहाँको भनाइ छ ।

वि.सं.२०८० माघ २५ बिहीवार १६:११ मा प्रकाशित

You can share this post!

आज १४ आषाढ २०८२ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १४ आषाढ २०८२ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८२ असार १४ शनिवार ०६:३२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना   

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना   

वि.सं.२०८२ असार १४ शनिवार ०६:२७

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित   

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित   

वि.सं.२०८२ असार १३ शुक्रवार २१:०३

काठमाडौँ : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट निजी...

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

वि.सं.२०८२ असार १३ शुक्रवार १९:५७

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा...

अर्थतन्त्रको दशक यात्रा : अनुसन्धान, जिम्मेवारी र आर्थिक पत्रकारितामा अग्रसरता

अर्थतन्त्रको दशक यात्रा : अनुसन्धान, जिम्मेवारी र आर्थिक पत्रकारितामा अग्रसरता

वि.सं.२०८२ असार १३ शुक्रवार १८:५६

दस वर्षअघि आर्थिक समाचार र विचारलाई विकास, सुशासन र समृद्धिमा...

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको प्रबन्ध सञ्चालकमा सन्तोष कुमार भण्डारी नियुक्त

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको प्रबन्ध सञ्चालकमा सन्तोष कुमार भण्डारी नियुक्त

वि.सं.२०८२ असार १३ शुक्रवार १८:४४

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले सन्तोष कुमार भण्डारीलाई...