काठमाडौं । कृषि विकास बैंक लिमिटेडले सेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । बैंकको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० का लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
वि.सं.२०८० माघ २६ शुक्रवार ११:४४ मा प्रकाशित