back
NMB ad

आज २७ माघ २०८० शनिवार, यस्तो छ आजको राशिफल

Kumari bank ad

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्राको सम्भावना छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत पनि देखिन्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज महिला वर्गबाट विशेष साथ र सहयोग मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सामाजिक क्षेत्रबाट पनि राम्रो सहयोग पाइनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज स्वास्थ्यमा समस्या आउनसक्छ । सहकर्मीबाट विरोध आउला । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) श्रमको उचित मूल्याङ्कन हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समाजसेवामा मन लाग्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चलाखीपूर्ण बोलीले सिद्ध हुनेछ । साथीभाइसँग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभ कार्यमा सरिक भइनेछ । चिताएको कामले तीव्रता लिनेछ । कलासाहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । ज्यो.प. नारायणप्रसाद दुलाल

वि.सं.२०८० माघ २७ शनिवार ०६:५६ मा प्रकाशित

You can share this post!

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:४१

काठमाडौं :  ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय...

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:३५

काठमाडौं : नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:२५

काठमाडौँ, २८ वैशाख : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोध...

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:१६

काठमाडौँ, २८ वैशाखः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन...

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०९

अच्युत रेग्मी भैँसेगाउँ (धादिङ), २८ वैशाख : जिल्लाको उत्तरी क्षेत्र...

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०१

त्रिवेणी (रुकुम पश्चिम), २८ वैशाख : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४...