back
NMB Ad

त्रिकोणात्मक सिरिजको पहिलो खेल नेपालले नामिबियासँग खेल्ने   

Royal Enfield Inside Page Banner

काठमाडौँ, २७ माघ : नेपालले त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन १५ गते हुने छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले शुक्रबार सिरिजको खेल तालिका सार्वजनिक गरेको हो । डबल राउण्ड रोबिनका आधारमा हुने उक्त सिरिजमा नेपालले दोस्रो खेल फागुन १६ गते नेदरल्याण्ड्ससँग खेल्नेछ ।

यसैगरी नेपालले लिग चरणको तेस्रो खेल फागुन १८ गते नामिबियासँग तथा लिग चरणको अन्तिम खेल फागुन १९ गते नेदरल्याण्ड्ससँग खेल्ने तय भएको क्यानले जनाएको छ । फागुन २२ गते सिरिजको फाइनल खेल हुनेछ ।

नेपालमा यसै सातादेखि सुरु हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ खेल्न नामिबिया र नेदरल्यान्ड्सको क्रिकेट टोली नेपाल आउँदै छ । आइसिसी टी–२० विश्वकप, २०२४ का लागि छनोट भएको नेपालले प्रतियोगिताको तयारीका लागि लगातार दुईवटा सिरिज खेल्न लागेको हो । नेपालले अहिले क्यानडासँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको छ ।

क्यानडासँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज लगत्तै नेपालले विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नेछ । उक्त सिरिज आगामी फागुन ३ देखि १३ गतेसम्म चल्नेछ । लिग–२ त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा यसअघि नै भइसकेको छ । उक्त टोलीको कप्तानमा रोहितकुमार पौडेल तथा अन्य खेलाडीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल तथा वैकल्पिक खेलाडीमा प्रतिस जिसी, देव खनाल, अनिल शाह र विवेक यादव रहेका छन् ।

वि.सं.२०८० माघ २७ शनिवार ०७:२१ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै   

देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै   

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:२५

लुम्बिनी (मर्चवार) : लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म...

डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण   

डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण   

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:२०

क्यापिटल हिल, वाशिङ्गटन : डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको...

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति छ ?    

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति छ ?    

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:१५

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

आज ८ माघ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

आज ८ माघ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

वि.सं.२०८१ माघ ७ सोमवार २१:०८

काठमाडौं । सगरमाथा लुम्विनी इन्स्योरेन्सले मधेस प्रदेशका ८ वटै जिल्लामा...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ माघ ७ सोमवार २०:५६

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...