back
NMB ad

सिन्धुपाल्चोकमा छ हजार किलोको घण्ट बन्ने   

Kumari bank ad

सिन्धुपाल्चोक, २७ माघ : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोक मन्दिरमा छ हजार किलोको ठूलो घण्ट बन्ने भएको छ । आज एक कार्यक्रमबीच प्रकाश मानव सेवा आश्रमका संरक्षक प्रकाश भुजेलले घण्टको शिलान्यास गर्नुभयो ।

जयवागेश्वरी पाल्चोकी माई ठूलो घण्ट निर्माण व्यवस्थापन समितिले सो घण्ट दुई वर्षमा निर्माण गर्ने लक्ष्य लिएको बताएको छ । घण्ट निर्माणका लागि प्रकाश भुजेलले रु २० लाख २० हजार सहयोग गर्नुभयो । भुजेलले रु दुई लाख २० हजार नगद र १८ लाखको चेक समितिलाई हस्तान्तरण गर्दै सबैलाई सहयोग गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा पण्डित नारायणप्रसाद खनालले पाल्चोकसम्म आउने बाटो राम्रो बनाउनुपर्नेमा जोड दिनुभयो । “यहाँ खानेबस्ने राम्रो व्यवस्था होस”, उहाँले भन्नुभयो, “यसले पर्यटन प्रवर्द्धनलाई टेवा पुग्ने छ ।

घण्ट बनाउन रु तीन करोड ३० लाख खर्च लाग्ने आयोजकले बताएको छ । श्री जयवागेश्वरी पाल्चोकी माई ठूलो घण्ट निर्माण व्यवस्थापन समिति तथा मन्दिर व्यवस्थापन मूल समितिको आयोजनामा भोलिबाट फागुन ६ गते आइतबारसम्म आयोजना हुने नवाहा ज्ञान महायज्ञ पण्डित रामकृष्ण सुवेदी तथा नारायणप्रसाद खनालले वाचन गर्नुहुनेछ ।

घण्ट निर्माणका लागि विष्णुबहादुर बराइलीले रु पाँच लाख, प्रकाश मानव सेवाका अध्यक्ष श्याम खडाकाले एक लाख पाँच हजार सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्नुभएको समितिका अध्यक्ष पदमबहादुर खड्काले जानकारी दिनुभयो ।

वि.सं.२०८० माघ २८ आइतवार ०६:२२ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने

आजको मौसम : यी स्थानमा पानी पर्ने

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३७

काठमाडौँ, ३१ वैशाख : गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती...

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३३

हेमन्त जोशी काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क...

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...