काठमाडौं । कुमारी बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा माघ २८ गते आइतबार काठमाण्डौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो ।
सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०७९/८० आषाढ मसान्त सम्मको वासलात, नाफा/नोक्सान हिसाब लगायतका वित्तीय विवरण र वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित भएको छ ।
सभामा बैंकको संस्थापक समूहको संचालकतर्फ अमिर प्रताप जबरा, विजय कुमार श्रेष्ठ (कर्मचारी संचय कोषका प्रतिनिधि) र पशुपति मुरारका निर्वाचित भएका छन् ।
त्यस्तै, सर्वसाधारण समूहको संचालकतर्फ महेश प्रसाद पोखरेल र राजाराम खड्का निर्वाचित भएका छन् भने महिलाको तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएकी छिन् ।
वि.सं.२०८० माघ २९ सोमवार ११:१७ मा प्रकाशित