back
NMB Ad
Ncell Banner Ad

ब्रिटिस कलेजका विद्यार्थीद्वारा भारतमा भएको उद्यमशीलता सम्मेलनमा उत्कृष्ट नतिजा हासिल

Royal Enfield Inside Page Banner

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)का विद्यार्थीहरुले भारतमा भएको ‘राष्ट्रिय उद्यमशीलता सम्मेलन (एनईसी) २.०’ मा उत्कृष्ट नतिजा हासिल गरेका छन् । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा अध्ययनरत दुई विद्यार्थीहरु तरुण अग्रवाल र सचेत रोयले एनईसी २.० मा उत्कृष्ट स्थान हासिल गरेका हुन् ।

गत जनावरी २६ देखि २८ सम्म भारतको केरेलास्थित पालक्कडमा लिड कलेज अफ म्यानेजमेन्टद्वारा आयोजित ‘व्यवसाय योजना प्रतियोगिता र मेगा पिच फेस्टिभल’ मा नेपाली विद्यार्थीहरुले उत्कृष्ट स्थान हासिल गरेका हुन् । प्रतियोगितामा १५० वटा टिमको सहभागिता रहेको थियो । टीबीसीका विद्यार्थीहरु प्रविधि क्षेत्रको स्टार्टअपमा शीर्ष पाँच भित्र परेका हुन् भने आईडियसनको चरणको योजनाहरुमा पहिलो स्थान हासिल गरे । यो असाधारण उपलब्धिसँगै सहभागी विद्यार्थीहरुले प्रमाणपत्र तथा प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन् ।

सफलतापछि प्रतिक्रिया दिँदै सहभागी विद्यार्थी अग्रवालले भने, ‘प्रतियोगितामा अवधारणा प्रदर्शन गर्न हामीले विजेनेश र कम्प्युटिङका सहपाठीहरु सँगै काम गर्ने मौका पायौँ । यसको लागि टीबीसी इक्युबेशन सेन्टरका प्रमुख सुबोध रुपाखेती सरले अमूल्य सहयोग प्रदान गर्नुभयो । उहाँको सहयोगले हामीले ग्लोबल प्रतिस्पर्धामा राम्रो स्थान हासिल गर्यौँ ।’

प्रतिस्पर्धासँगै विद्यार्थीहरुले उद्योगपतिहरु, आफू सरहका उद्यमी लगायतसँग छलफल गर्ने, नेटवर्किङ विस्तार गर्ने तथा विभिन्न स्थानहरुको भ्रमण गर्ने अवसर समेत प्राप्त गरे ।

विद्यार्थीहरुको उपलब्धिमा बधाई ज्ञापन गर्दै टीबीसी इन्क्युबेशन सेन्टर प्रमुख रुपाखेतीले भने, ‘उद्यमशिलताको भविष्यलाई आकार दिने हाम्रो सङ्कल्पलाई एनईसी २.० मा पाएको उपलब्धिले थप पुष्टि गरेको छ । यसबाट हामी निकै हर्षित छौं । लिड कलेजसँगको सहकार्य हाम्रो लागि महत्वपूर्ण कोसेढुङ्गाको सावित भएको छ किनकि यसले अन्तरदेशीय ज्ञानको आदानप्रदान सँगै बलियो उद्यमशीलताको इकोसिस्टममा नयाँ ढोकाहरु खोल्न सघाउ पुर्याएको छ ।’

वि.सं.२०८० माघ २९ सोमवार १६:०३ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन

राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन

वि.सं.२०८१ कात्तिक २० मंगलवार १७:५०

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप...

समता घरेलु लघुवित्तको एफपिओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम दिनसम्मको अपडेट

समता घरेलु लघुवित्तको एफपिओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम दिनसम्मको अपडेट

वि.सं.२०८१ कात्तिक २० मंगलवार १७:४४

काठमाडौं । समता घरेलु लघुवित्तको एफपिओमा २ अर्ब १३ करोड...

सिप्रदी ट्रेडिङ्गद्वारा १० वटा बस हस्तान्तरण

सिप्रदी ट्रेडिङ्गद्वारा १० वटा बस हस्तान्तरण

वि.सं.२०८१ कात्तिक २० मंगलवार १६:४७

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी...

सात वर्षमा पूरा भयो चिलिमे–त्रिशूली प्रसारण लाइन   

सात वर्षमा पूरा भयो चिलिमे–त्रिशूली प्रसारण लाइन   

वि.सं.२०८१ कात्तिक २० मंगलवार १६:२५

रसुवा : छ वर्ष १० महिनामा चिलिमे– त्रिशूली प्रसारण लाइन...

रवि लामिछानेको १० दिन म्याद थप

रवि लामिछानेको १० दिन म्याद थप

वि.सं.२०८१ कात्तिक २० मंगलवार १६:०८

पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम्...

नेप्सेमा दुई कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ कात्तिक २० मंगलवार १५:५१

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको हकप्रद...