back
NMB ad

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले पुवा खोला–वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानी गर्ने

Kumari bank ad

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल कोष प्रबन्धक भएको लक्ष्मी सस्टेनेबल एनर्जी फण्डले पुवा खोला–वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानीको सुरुवातसँगै दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण माइलस्टोन घोषणा गरेको छ ।

उक्त सम्झौता—पत्रमा एलएस (लक्ष्मी सनराइज) क्यापिटलको तर्फबाट अध्यक्ष राजिब सापकोटा तथा पुवा खोला–वान हाइड्रोपावरको तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् ।

विशिष्टीकृत लगानी कोष नियमावलि २०७५ अन्र्तगत प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष सञ्चालन गर्न कोष प्रबन्धकको इजाजतपत्र प्राप्त गर्ने पहिलो केही कम्पनीहरूमध्य लक्ष्मी सनराइज क्यापिटल एक हो । एलएस (लक्ष्मी सनराइज) क्यापिटलको पहिलो प्राइभेट इक्विटी कोष हो । एलएसइएफ कोषको आकार रु १ अर्व रहेको छ । एलएसइएफ बजारको तुलनामा उच्च प्रतिफल प्रदान गर्दै समाजमा प्रभाव पार्ने उद्देश्यले सुरु गरिएको कोष हो ।

एलएस (लक्ष्मी सनराइज) क्यापिटल मर्चन्ट बैक मध्ये प्राइभेट इक्विटी कोष खोल्न स्वीकृति प्राप्त गरी लगानी गर्ने पहिलो मध्येको एक मर्चेन्ट बैंक हो । यो कोषले मुख्यतया जलविद्युत, सौर्य र वायु ऊर्जालगायत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्नेछ ।

पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले पुवा खोला जलविद्युत आयोजना निर्माण गरेको छ । यस आयोजनाले विद्युत उत्पादन थालिसकेको छ । इलाम जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ४ मेगावाट रहेको छ ।

वि.सं.२०८० फागुन ६ आइतवार ११:०५ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...