back
NMB ad

नेपाल ‘ए’ टोली क्यानडा–११ सँग पराजित   

Kumari bank ad

काठमाडौँ, ६ फागुन : एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ टोली क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ले प्रस्तुत गरेको दुई सय १७ रनको लक्ष्य क्यानडाले ४९ दशमलव तीन ओभरमा ६ विकेट गुमाउँदै पूरा ग¥यो । क्यानडाका लागि नवनीत धलिवालले सर्वाधिक ८० रनको योगदान दिए । उनले ७६ बल खेल्दै १० चौका र दुई छक्का प्रहार गरे । यसैगरी निखिल दत्तले ११५ बलमा पाँच चौका र एक छक्काको मद्दतमा अविजित ६७ रन बनाए । कप्तान साद बिन जफरले २३, श्रेयस मोम्भाले अविजित २२ तथा दिलप्रित बाज्वाले १० रन बनाए ।

बलिङतर्फ नेपाल ‘ए’ का लागि साहब आलमले दुई तथा रासिद खान, बसिर अहमद, प्रतिश जिसी र सागर ढकालले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ले निर्धारित ५० ओभरको खेलमा आठ विकेट आठ गुमाउँदै दुई सय १६ रन बनायो । नेपाल ‘ए’ का लागि बसिर अहमदले ५५ बलमा तीन चौका र एक छक्काको मद्दतमा अविजित ५० रनको योगदान दिए । यसैगरी रासिद खानले ४०, मयन यादवले ३५, किरण ठगुन्नाले २५, विवेक यादवले २१ र सन्दीप जोराले १४ रन बनाए ।

बलिङतर्फ क्यानडका लागि साद बिन जाफले तीन, ईश्वरजीत सोधीले दुई तथा डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले एक एक विकेट लिए । उक्त शृङ्खलाको दोस्रो खेल यही फागुन ८ गते हुनेछ ।

वि.सं.२०८० फागुन ६ आइतवार १८:३७ मा प्रकाशित

You can share this post!

कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा, नयाँ कीर्तिमान कायम   

कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा, नयाँ कीर्तिमान कायम   

वि.सं.२०८१ जेठ ९ बुधवार १०:०३

काठमाडौँ, ९ जेठ: कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण...

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

वि.सं.२०८१ जेठ ९ बुधवार ०७:०१

म्याग्दी, ९ जेठ: मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र...

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ९ बुधवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...