back
NMB ad

इकोनोमिक मिडिया एसोसिएसन कोसी प्रदेश कमिटि गठन, अध्यक्षमा वाग्ले

Kumari bank ad

इटहरी । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले प्रदेश समिति विस्तार गरेको छ । सोमबार भएको कोसी प्रदेशका सञ्चारकर्मीहरुको भेलाले सञ्जीव वाग्लेको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठान गरेको हो ।

समितिको उपाध्यक्षमा टीका खतिवडा र चीना थापा, प्रमुख सचिवमा सुरेन्द्र भण्डारी, सचिवमा कौशल निरौला कोषाध्यक्षमा हिमाल दाहाल, सह कोषाध्यक्षमा दीपक कटवाल चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा दमन राई, भीम चापागाईँ, मदन गौतम, गणेश साम्पाङ, होमबहादुर बस्नेत र योगेशबाबु काफ्लेलाई चयन गरेको छ ।

भेलामा इमानका केन्द्रीय अध्यक्ष रोयल आचार्य, उपाध्यक्ष डिल्लीप्रसाद सापकोटा, महासचिव रामेश्वर कार्की, सचिव प्रकाश अर्याललगायतको उपस्थिति रहेको थियो । आचार्यले मिडियाहरूको विकास र त्यसका लागि स्थानीय स्रोत साधनको परिचालनलाई आफूहरूले प्राथमिकता दिएको बताए ।

आर्थिक विषयलाई प्रधानता दिएका सञ्चारमाध्यमहरूको संगठनको रूपमा इमानको गठन गरिएको बताउँदै सञ्चार क्षेत्रको विकासको लागि सबैसँग हातेमालो गर्ने बताए । यस्तै, महासचिव कार्कीले इमानको प्रदेश समितिले स्वायत्त तरिकाले काम गर्ने र धेरैभन्दा धेरै सञ्चारसंस्थालाई समेट्नुपर्ने बताए । उपाध्यक्ष सापकोटाले मिडियाहरू सक्षम भए मात्रै त्यसले लोकतन्त्रको समेत सुदृढिकरण गर्ने बताए ।

नवनिर्वाचित वाग्लेले प्रदेश समितिले प्रदेशभरीका मिडियाहरूको विकासको लागि चाँडै योजनाबद्ध काम गर्ने बताए ।

वि.सं.२०८० फागुन ७ सोमवार १७:४९ मा प्रकाशित

You can share this post!

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५८

महोत्तरी, ४ जेठ : प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ...

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक (पूर्णपाठ)

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक (पूर्णपाठ)

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा...

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री   

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:४३

काठमाडौँ, ४ जेठ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १०...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:३७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १०:५२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउमा गिरावट आएको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...