काठमाडौं। साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ कारोबार भइरहेको छ भने आज तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन सोमबार पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १७ हजार ४५० रुपैयाँ थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहँदै १ हजार ४१० रुपैंयामा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०८० फागुन ८ मंगलवार १०:४० मा प्रकाशित