back
NMB ad

१० महिनादेखि भन्सारको गोदाममा थन्कियो सात लाख ३५ हजार बोरा रासायनिक मल

Kumari bank ad

चौतारा, ८ फागुन : चीनबाट ल्याइएको रासायनिक मल दश महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो ।

कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भए पनि मल गोदामबाट उठ्न नसक्दा अरू सामान लोड–अनलोड गर्न कठिनाइ परेको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसी बताउनुहुन्छ । खासा भएर तातोपानी सुक्खा बन्दरगाह आएका अन्य सामग्री भन्सार कार्यालयभित्र राखेर चेकजाँच गर्नुपर्ने अवस्था छ । रासायनिक मलको राजस्व असुल नहुने भएकाले कृषि सामग्री कम्पनी लिमिटेडले चिनियाँ सहरबाट झिकाएर सिधै राजधानी लाने गरेको उहाँले जानकारी दिनुभयो ।

भूकम्प र कोरोनापछि खुलेको तातोपानी नाकामा पाँच वर्षदेखि एकछत्र काम गर्दै आएको सिल्क कम्पनी अन्तर्गत रहेको सिल्क मार्केट प्रालिले चीनबाट मल आयात गरेको हो । सिल्क मार्केट प्रालिले नेपाल सरकारको कृषि सामग्री कम्पनी लिमिटेडबाट रासायनिक मल आयात गर्ने ठेक्का पाएको छ । ठेक्का आर्थिक वर्ष ०७९/८० मा सम्झौता भएको थियो ।

सम्झौताअनुसार सिल्क मार्केटले रासायनिक मल समयमै ल्याउन सकेन । गत वर्ष ल्याउनुपर्ने मल यो वर्षको जेठमा मात्रै आयात भएपछि कृषि सामग्री कम्पनीले मल लिन नमानेको सिल्क मार्केटका रमेश शेर्पा बताउनुहुन्छ । कृषि सामग्री कम्पनी लिमिटेडसँग कुराकानी गरिरहेको र प्रक्रिया पूरा भएपछि मल काठमाडौँ लगिने शेर्पा बताउनुहुन्छ । मल भन्सारमै थन्किँदा हिउँदे बाली लगाउने किसान भने समस्यामा परेका छन् ।

वि.सं.२०८० फागुन ८ मंगलवार १२:५५ मा प्रकाशित

You can share this post!

कोशी प्रदेश सरकारको बजेट सिलिङ  ३५ अर्ब १७ करोड ३४ लाख   

कोशी प्रदेश सरकारको बजेट सिलिङ ३५ अर्ब १७ करोड ३४ लाख   

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १८:२३

मोरङ, ३२ जेठ : कोशी प्रदेश योजना आयोगले आगामी आर्थिक...

एक सय दिनमा सहकारीमन्त्री अधिकारीका १०१ काम   

एक सय दिनमा सहकारीमन्त्री अधिकारीका १०१ काम   

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १८:१९

काठमाडौँ, ३२ जेठः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम...

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १८:११

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बिच सम्झौता,  विपद्हरुको पूर्वसूचना उपलब्ध गराइने 

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बिच सम्झौता,  विपद्हरुको पूर्वसूचना उपलब्ध गराइने 

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १८:०५

काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग...

काठमाडौँ महानगरका सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने  

काठमाडौँ महानगरका सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने  

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १७:५९

काठमाडौँ, ३२ जेठ : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत...

युनाईटेड मोदी हाइड्रोपावरको संचालक समितिको अध्यक्षमा नविन सिलवाल चयन

युनाईटेड मोदी हाइड्रोपावरको संचालक समितिको अध्यक्षमा नविन सिलवाल चयन

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १७:५४

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको संचालक समितिको अध्यक्षमा नविन...