back
NMB ad

फागुन २४ गतेबाट एकिकृत कारोबार गर्दै यी दुई कम्पनी

Kumari bank ad

काठमाडौं । मर्जरमा गएका सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तिीय संस्था लिमिटेडको एकीकृत कारोबार आगामी फागुन २४ गतेबाट हुने भएको छ ।

मर्ज भएश्चात कायम भएको नाम सामु्दायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेको कम्पनीले जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंकले गत माघ २४ गते , नेपाल धितोपत्र बोर्डले फागुन ९ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले फागुन ८ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएसँगै संस्थाले एकीकृत कारोबार सुरु गर्न लागेको हो।

दुई संस्थाले गत माघ २४ गते मर्जरको अन्तिम स्वीकृतीका लागि धितोपत्र बोर्डसमक्ष संयुक्त आवेदन दिएका थिए । धितोपत्र बोर्डले एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ को दफा ८ को उपदफा ४ बमोजिम अन्तिम स्वीकृती प्रदान गरिएको जनाएको छ ।

यस्तै सामुदायिक लघुवित्तमा बिपिडब्लु लघुवित्त गाभ्नका लागि कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन ८ गते स्वीकृती प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले भने गत माघ १० गते मर्जरका लागि स्वीकृती दिएको थियो ।

सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त १ः०.८५३५ अनुपातको स्वाप रेसियामा मर्जरमा जान लागेको हो । आपसमा गाभिएर एउटै बनेको यो संस्थाको केन्द्रीय कार्यालय भने बनेपा नगरपालिका वडा न १४ साँगामा रहनेछ।

वि.सं.२०८० फागुन १० बिहीवार ११:३५ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...