back
NMB Ad

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

Royal Enfield Inside Page Banner

काठमाडौँ, १० फागुन : यही फागुन ११ देखि १९ गतेसम्म हुने ‘केपी ओली कप–२०८०’ फुटबल प्रतियोगिताका विजेतालाई रु ११ लाख प्रदान गरिने भएको छ ।

राष्ट्रिय युवासङ्घ नेपालले भोलिदेखि आयोजना गर्न लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रतियोगिताका द्वितीयलाई रु पाँच लाख, उत्कृष्ट खेलाडीलाई रु एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५०÷५० हजार प्रदान गरिने जनाइएको छ ।

खेलमा नेपालका सातवटा ‘ए’ डिभिजन, दुई विदेशी तथा एक आयोजक गरी १० टिमले सहभागिता जनाउने छन् । नेपालका सात टिममा जाउलाखेल युथ क्लब, न्यूरोड टिम (एनआरटी), थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, दुई विदेशी क्लबमा दिल्ली एफसी, पश्चिम बङ्गाल क्लब र आयोजक केपी एफसी क्लबले सहभागिता जनाउने केपी ओली कपका संयोजक सुमन पुरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार खेलको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । उक्त समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, अन्य विशिष्ट व्यक्ति, एन्फा, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि, खेलाडी र कलाकार रहनुहुनेछ । उद्घाटन समारोहमा ख्यातिप्राप्त कलाकारद्वय प्रकाश दुतराज र दीक्षा कार्कीको विशेष प्रस्तुति रहने पुरीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उक्त प्रतियोगिताको ११ देखि १६ गतेसम्म एन्फा सातदोबाटो हुनेछ भने १७ गते हुने सेमिफाइनल र १९ गते हुने फाइनल प्रतियोगिता दशरथ रङ्गशाला त्रिपुरेश्वरमा हुनेछ ।

‘सवल राष्ट्र निर्माणका लागि स्वस्थ सेवा, स्वस्थ युवाका लागि खेलकुद’ भन्ने नाराका साथ हुन लागेको फुटबल प्रतियोगिताले खेलकुदको प्रवर्द्धन, खेलाडी उत्पादन, रोजगारसँगैै आर्थिक समृद्धिको आधारसँग जोड्ने अभियानले आयोजना गर्न लागिएको सङ्घले जनाएको छ ।

खेलकुद क्षेत्रमा ‘समस्या होइन, सम्भावना’ छ भन्ने कुरालाई उजागर गर्दै त्यसलाई नेतृत्व गर्न सक्ने सङ्गठनको रुपमा केपी ओली कप गत वर्षदेखि सुरुआत गरिएको थियो ।

वि.सं.२०८० फागुन १० बिहीवार १८:०४ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा   

छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा   

वि.सं.२०८१ फागुन १ बिहीवार ०६:३४

विष्णुप्रसाद गौडेल मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४...

आज विश्व रेडियो दिवस   

आज विश्व रेडियो दिवस   

वि.सं.२०८१ फागुन १ बिहीवार ०६:२७

काठमाडौँ : आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम...

सामाजिक उत्तरदायित्वमा माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको १७ करोड खर्च   

सामाजिक उत्तरदायित्वमा माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको १७ करोड खर्च   

वि.सं.२०८१ फागुन १ बिहीवार ०६:२१

काठमाडौँ :  रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत्...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर   

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ फागुन १ बिहीवार ०६:१५

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आज १ फाल्गुण २०८१ बिहिवार, हेर्नुहोस् आजको राशिफल

आज १ फाल्गुण २०८१ बिहिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ फागुन १ बिहीवार ०६:०९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

मन्त्रिपरिषद् निर्णय : बीस लाख अमेरिकी डलर अनुदान स्वीकार   

मन्त्रिपरिषद् निर्णय : बीस लाख अमेरिकी डलर अनुदान स्वीकार   

वि.सं.२०८१ माघ ३० बुधवार २०:३९

काठमाडौँ : सरकारले एसियाली विकास बैंकको ‘एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स...