काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्ष सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीका फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले आव २०७९/८० को मिति २०७९ साउन १ गतेदेखि पुस ६ गतेसम्मको वित्तीय विवरण अनुसार साविकको ज्योति लाइफ इन्स्योरेन्स मुनाफामा रहेको र सो मुनाफा रकम जगेडा कोषमा राख्ने र साविकको ज्योति लाइफको पूँजी,रिजर्भ,लगानी रकम,जीवन बीमा कोष लगायतको सम्पूर्ण सम्पत्ति तथा दायित्व सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा समायोजन गर्ने निर्णय गरेको छ ।
कम्पनीले लाभांश वितरण नगर्ने प्रस्तावसहित कम्पनीको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको छ ।
साविकको ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी कायम भई २०७९ पुस ७ गतेदेखि एकिकृत कारोबार सुरु गरेका थिए ।
वि.सं.२०८० फागुन ११ शुक्रवार ११:३६ मा प्रकाशित