back
NMB Ad

नेपाल टेलिकम र नागरिक उड्डयन प्राधिकरण बिच सम्झौता, ३४ वटा विमानस्थलहरुमा फ्रि वाइफाई गराउने

Nepal Bank

काठमाडौं । नेपाल टेलिकमले नेपाल भित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्रि वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । यस सम्बन्धी नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण बिच आज २०८० फागुन ११ गते सहमति भएको छ ।

सो सहमति पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गर्नुभएको छ ।

सहमति पत्र अनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्रि वाइफाई नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरुमा समेत चरणबद्ध रुपमा फ्रि वाइफाई इन्टरनेट सेवा सञ्चालन गर्नेछ ।

त्यसैगरी विमानस्थलभित्र यात्रुहरुलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवा सम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायता कक्ष स्थापना गरिने छ ।

फ्रि वाइफाई नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनको लागि उपकरणहरु जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य नागरिक उड्डयन प्राधिकरणले गनेछ । त्यसैगरी यात्रुहरुलाई सुविधा हुने गरी मोबाइल चार्जिङ स्टेसन राख्ने स्थान समेत प्राधिकरणले उपलब्ध गराउने छ ।

यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा फ्रि वाइफाई सेवा सञ्चालन गर्ने सहमति भइसकेको छ भने अब विमानस्थलको सबै स्थानमा सेवा उपलब्ध हुनेछ ।

वि.सं.२०८० फागुन ११ शुक्रवार १८:१४ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकद्वारा हेमजास्थित विद्यालयमा शैक्षिक सामग्री वितरण

नेपाल एसबिआई बैंकद्वारा हेमजास्थित विद्यालयमा शैक्षिक सामग्री वितरण

वि.सं.२०८२ जेठ ९ शुक्रवार १४:४९

काठमाडौँ : नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम...

मन्त्रालय मातहतका निकायलाई परिणाममुखी काम गर्न मन्त्री भण्डारीको निर्देशन

मन्त्रालय मातहतका निकायलाई परिणाममुखी काम गर्न मन्त्री भण्डारीको निर्देशन

वि.सं.२०८२ जेठ ९ शुक्रवार १४:४२

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालय...

रिलायबल लाइफद्वारा २० रुपैयाँको लाख रुपैयाँको बीमा दाबी भुक्तानी

रिलायबल लाइफद्वारा २० रुपैयाँको लाख रुपैयाँको बीमा दाबी भुक्तानी

वि.सं.२०८२ जेठ ९ शुक्रवार १४:३४

काठमाडौँ :  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बीमा...

अर्थतन्त्र सुधारका लागि सरकारको ठोस खाका, तीन वर्षभित्र संरचनात्मक परिवर्तनको लक्ष्य

अर्थतन्त्र सुधारका लागि सरकारको ठोस खाका, तीन वर्षभित्र संरचनात्मक परिवर्तनको लक्ष्य

वि.सं.२०८२ जेठ ९ शुक्रवार १४:१४

काठमाडौँ : अर्थतन्त्रको दीर्घकालीन स्थायित्व र पुनरुत्थानका लागि सरकारले 'आर्थिक...

बजेट तयारी तीव्र, अर्थ मन्त्रालय प्रवेशमा कडाइ

बजेट तयारी तीव्र, अर्थ मन्त्रालय प्रवेशमा कडाइ

वि.सं.२०८२ जेठ ९ शुक्रवार १४:०३

काठमाडौं : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण अन्तिम...

पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य   

पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य   

वि.सं.२०८२ जेठ ९ शुक्रवार १३:३४

अचुतकुमार ओझा काठमाडौँ : पुँजी बजारमा केही अदृश्य रहस्य रहेका...