
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले बोनस शेयर शेयरधनीको खातामा जम्मा गरेको छ । कम्पनीको पुस २० गते सम्पन्न २७ औं वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।
बुक क्लोज हुँदाका बखत अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको खातामा फागुन ३ गतेदेखि नै बोनस शेयर जम्मा गरिएको कम्पनीले बताएको छ ।
साथै, भौतिक रुपमा शेयर धारण नगरेका शेयरधनीलाई पनि शेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह गरेको छ ।
वि.सं.२०८० फागुन १५ मंगलवार १०:५४ मा प्रकाशित