काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । मंगलबार बजार ९.३४ अंकले बढेर २००१ को विन्दुमा कायम हुन पुगेको छ ।
आज सेयर बजारमा सुधार आउँदा बोटलर्स नेपाल (बालाजु) र बिपीडब्लु लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी साम्लिङ पावर कम्पनीको ९.२६ प्रतिशत, बोटलर्स नेपाल तराईको ८.७२ प्रतिशत, गुराँस लघुवित्तको ८ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० फागुन १५ मंगलवार १५:११ मा प्रकाशित