back
NMB ad

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि जारी

Kumari bank ad

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदको लागि सिफारिससम्बन्धी कार्यविधि २०८० जारी गरेको छ ।

बोर्डको अध्यक्ष रमेश हमालको कार्यकाल पुस २० गते सकिएपछि नयाँ अध्यक्ष सिफारिस गर्न सरकारले माघ ४ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।

अध्यक्ष नियुक्तिसम्बन्धी कार्यविधि बनाएपछि मात्र सो पदका लागि आवेदन खुला गर्न पाइने व्यवस्था छ । अब १५ दिनको म्याद दिएर राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशित गरी दर्खास्त आह्वान हुनेछ ।

मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको प्रतिष्ठित व्यक्तिले अध्यक्षमा आवेदन दिन पाउनेछन् । ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।

समितिले आवेदन खुला गरेपछि मात्रै धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढ्नेछ । प्राप्त आवेदनबाट समितिले कम्तीमा ३ जनाको नाम छनोट गरी अर्थ मन्त्रालयमा सिफारिस गर्नेछ । त्यसपछि अर्थ मन्त्रालयको सिफारिसमा ३ मध्येबाट एक जनालाई मन्त्रिपरिषदले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।

यदि तीन जनाभन्दा कम आवेदन परेको अवस्थामा भने पहिलो चरणमा परेका आवेदनहरूलाई यथावत राखी थप आवेदनको लागि सात दिनको म्याद दिई पुनः दर्खास्त आह्वान हुनेछ ।

वि.सं.२०८० फागुन १५ मंगलवार १७:४२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...