back
NMB ad

आज १८ फाल्गुण २०८० शुक्रवार, यस्तो छ आजको राशिफल

Kumari bank ad

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आँटेको र ताकेको कार्य पुरा होला । प्रविधि मार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । पारिवारिक सुख पनि मिल्ला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र स्वास्थ्यमा समस्या बढ्ला । प्रेममा बाधाका साथै मन कमजोर रहनसक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कहीँकतैबाट कुनै उपहार प्राप्त होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट भने सहयोग मिल्नेछ, तर स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सामाजिक कार्यमा सफलता मिल्नेछ । प्रविधि मार्फत इष्टमित्रसँग भेटघाट होला । चिताएको कामले तीव्रता लिनसक्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) चिन्ता हटेर मन हलुका हुनेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । घरायसी मनोरञ्जन हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । सन्तानबाट सहयोग मिल्ला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मनमा उत्साहका साथै बोली बिक्ने समय छ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । (ज्यो.प. नारायणप्रसाद दुलाल

वि.सं.२०८० फागुन १८ शुक्रवार ०६:४२ मा प्रकाशित

You can share this post!

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ९ बुधवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...