back
NMB Ad

राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीहरुको शपथ   

Royal Enfield Inside Page Banner

काठमाडौँ, २१ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपतिले नेपालको संविधानका धारा, ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मन्त्रीमा नियुक्त हुनुभएका तीनजनालाई राष्ट्रपति कार्यालय शीलत निवासमा आज आयोजित विशेष समारोहमा सोही संविधानको धारा, ८० अनुसार पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट पदम गिरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डोलप्रसाद अर्यालले शपथ लिनुभएको हो । उहाँहरुको कार्यभार तोकिएको छैन । राष्ट्रपति कार्यालयका अनुसार उहाँहरुको कार्यभार पछि तोकिनेछ ।

प्रधानमन्त्रीको सिफारिसमा आज गठन भएको मन्त्रिपरिषद् र त्यसको कार्यविभाजनअनुसार प्रधानमन्त्री दाहालले नै अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कानुन न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, खानेपानी, गृह, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायातलगायत नेपाल सरकार सबै मन्त्रालयको कार्यभार सम्हाल्नुहुनेछ ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

वि.सं.२०८० फागुन २१ सोमवार १८:३६ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
एनआरएन इन्फ्रास्ट्रक्चरको खुद नाफामा ४०० प्रतिशतले बढोत्तरी

एनआरएन इन्फ्रास्ट्रक्चरको खुद नाफामा ४०० प्रतिशतले बढोत्तरी

वि.सं.२०८१ माघ ३० बुधवार १५:४३

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आम्दानीसँगै खुद नाफामा...

चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल   

चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल   

वि.सं.२०८१ माघ ३० बुधवार १५:३८

काठमाडौँ : प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज...

खानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न

खानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ माघ ३० बुधवार १५:२३

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको बाह्रौं बार्षिक साधारणसभा...

भूमि बैङ्कमार्फत किसानलाई प्रोत्साहन गर्दै स्थानीय सरकार   

भूमि बैङ्कमार्फत किसानलाई प्रोत्साहन गर्दै स्थानीय सरकार   

वि.सं.२०८१ माघ ३० बुधवार १५:२०

रञ्जिता अधिकारी देउखुरी (दाङ) : तुलसीपुर उपमहानगरपालिका–१५ का मदन चौधरीले...

झिनो अंकले बढ्यो सेयर बजार, यी कम्पनीका लगानीकर्ता मालामाल

झिनो अंकले बढ्यो सेयर बजार, यी कम्पनीका लगानीकर्ता मालामाल

वि.सं.२०८१ माघ ३० बुधवार १५:१२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार?

बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार?

वि.सं.२०८१ माघ ३० बुधवार १५:०४

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा झिनो अंकले...