back
NMB ad

पूर्वराष्ट्रपति भण्डारीद्वारा ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना   

Kumari bank ad

काठमाडौँ २५ फागुन : ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
महिला अधिकार तथा लैङ्गिक समानता प्राप्तिका लागि सञ्चालन भइरहेका अभियानमा ऐक्यबद्धता स्वरूप प्रत्येक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा विश्वभर मनाइन्छ । यो वर्ष हामीले पनि ‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय सङ्कल्प साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैछ ।

सामाजिक न्याय, महिला अधिकार तथा लैङ्गिक समानताका लागि भएका विभिन्न आन्दोलन, सामाजिक जागरण एवं सचेतना अभियानको परिणामस्वरुप हामीले महिला अधिकार र लैङ्गिक समानताको क्षेत्रमा संवैधानिक, नीतिगत तथा कानुनी दृष्टिबाट उल्लेखनीय उपलब्धि हासिल गरेका छौँ भन्दै पूर्वराष्ट्रपति भण्डारीले राज्यका विभिन्न निकायमा महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न हामीले संविधानमार्फत आधारभूत व्यवस्था गरी विभिन्न कानुन अभ्यासमा ल्याएका कारण मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको भूमिका सुदृढ भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

उहाँले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद्, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चवत गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुन सकोस् भन्ने कामना गर्नुभएको छ ।

वि.सं.२०८० फागुन २५ शुक्रवार ०६:४६ मा प्रकाशित

You can share this post!

पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने   

पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:४९

काठमाडौँ, १ जेठः सरकारले पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने...

हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै   

हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:४३

वासुदेव पौडेल  गण्डकी, १ जेठ : पृथ्वी राजमार्ग अन्तरगत पोखरा...

नीति तथा कार्यक्रमः २०८२ सम्म सडक मानवमुक्त बनाइने   

नीति तथा कार्यक्रमः २०८२ सम्म सडक मानवमुक्त बनाइने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:४०

काठमाडौँं, १ जेठः सरकारले २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त बनाउने...

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने  

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने  

वि.सं.२०८१ जेठ १ मंगलवार १६:३७

काठमाडौँ, १ जेठः सरकारले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री...

नीति तथा कार्यक्रमः आगामी दशक ‘सूचना प्रविधि दशक’   

नीति तथा कार्यक्रमः आगामी दशक ‘सूचना प्रविधि दशक’   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:३३

काठमाडौँ, १ जेठ: सरकारले सूचना प्रविधिलाई डिजिटल रूपान्तरणको आधारका रूपमा...

नीति तथा कार्यक्रम: नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने   

नीति तथा कार्यक्रम: नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:३०

काठमाडौँ, १ जेठः सरकारले नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका...