काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। उक्त दिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला २५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ५ रुपैंयाले बढेर १ हजार ४७५ रुपैंयामा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला १ हजार ४७० रुपैयाँमा कारोबार भईरहेको छ ।
वि.सं.२०८० फागुन २७ आइतवार १०:४६ मा प्रकाशित