back
NMB ad

फर्मा एक्स्पोले चितवनको बजारमा भित्रियो ११ करोड बढी   

Kumari bank ad

चितवन, २७ फागुन: नेपाल औषधि व्यवसायी सङ्घले यहाँ आयोजना गरेको ‘नवौँ फर्मा एक्स्पो २०२४’ ले यहाँको बजार चलायमान बनाएको छ । स्वदेशी तथा विदेशी प्रदर्शक र अवलोकनकर्ताले यहाँको पर्यटनसँगै आर्थिक चलायमान बनाएको हो ।

सङ्घका अध्यक्ष महेश प्रधानले एक्स्पोका लागि भरतपुरमा तीन हजार हाराहारी आयोजक र प्रदर्शक बाहिरी जिल्ला र विदेशबाट आएको बताउनुभयो । उहाँका अनुसार नेपालका सबै औषधि उद्योग, तिनका बजार प्रतिनिधिलगायत भरतपुरमा आएका छन् । यसैरी नौ देशका प्रदर्शक र कतिपय देशका अवलोकनकर्ता समेत यहाँ आएका छन् ।

सङ्घका उपाध्यक्ष एवं एक्स्पोका मिडिया संयोजक सन्तोष बरालका अनुसार एक्स्पोका कारण दुई हजार हाराहारी होटलका कोठा बुक भएका छन् । होटलमा मात्रै तीन हजारभन्दा बढीले रु छ करोड हाराहारी खर्च गर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “एक्स्पोमा आउनेले एक्स्पो मात्रै हेर्दैन, यहाँका पर्यटकीय ठाउँको पनि भ्रमण गरेका छन्, खानपान र रमाइलोमा पनि खर्च भएको छ ।”

एक्स्पो सम्पन्न गर्न रु तीन करोड हाराहारी खर्च हुने बरालको अनुमान छ । यसका अतिरिक्त प्रदर्शकले आफ्नो स्टल साजसज्जालगायत अस्थायी कामका लागि पनि रु दुई करोड हाराहारी खर्च गरेको उहाँको अनुमान छ ।

सङ्घका वरिष्ठ उपाध्यक्ष एवं एक्स्पो संयोजक प्रभात रुङ्गटा एक्स्पोले यहाँको पर्यटन क्षेत्रमा राम्रो प्रभाव पारेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एक्स्पोको अवधिमा चितवनमा कोठा पाउनै मुस्किल थियो ।” यहाँ आएका आयोजक, प्रदर्शक र अवलोकनकर्ताले चितवनका पर्यटकीय ठाउँकोसमेत अवलोकन गरेको भन्दै भरतपुर भ्रमण वर्षलाई यसले ठूलो सहयोग पुगेको रुङ्गटाको भनाइ छ ।

यही फागुन २५ गतेदेखि सञ्चालन भइ आज समापन हुने एक्स्पोमा एक सय ६० वटा स्टल राखिएका छन् । नेपाल, भारत, सिङ्गापुर, बङ्गलादेश, अमेरिका, जर्मन, चीनलगायत नौ देशले औषधि उत्पादनमा प्रयोग गर्ने मेसिन–उपकरण, प्रयोगशाला, कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल राखिएका छन् । एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाइएको छ ।

वि.सं.२०८० फागुन २७ आइतवार १३:०५ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...