back
NMB ad

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि कति जनाले दिए आवेदन ?

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि १९ जनाको आवेदन परेको छ। सो पदका लागि आवेदन दिने आज अन्तिम दिन हो ।

अध्यक्षका लागि बोर्डका निमित्त अध्यक्ष नबराज अधिकारी, कृष्ण पोखरेल, राष्ट्रबैंकका पूर्व डेपुटी गभर्नर शिबराज श्रेष्ठ, तत्कालीन बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीबी चापागाइ, धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठ, राष्ट्रिय बीमा संस्थानका पुर्व प्रमूख प्रशासक शिबहरी श्रेष्ठ, नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, नेप्सेकै पूर्व सीइओ सीताराम थपलिया, धितोपत्र बोर्डका पूर्व इडी निरज गिरी, नेप्सेकै उपप्रबन्धक प्रबिण पन्धाक, बजार विज्ञहरु केशब श्रेष्ठ, मुक्ति अर्याल, अर्थशास्त्री खगेन्द्र कट्वाल र बिमल तिवारी प्रोभिडेन्ट मर्चेन्ट बैंकिङका सीईओले आवेदन दिएका छन् । यस्तै, नेपाल बैंकका पूर्व सीइओ कृष्णबहादुर अधिकारी, सेयर बजारका जानकार रघु काफ्ले लगायतले पनि आवेदन दिएका छन् ।

परेका आवेदकमध्येबाट समितिले पाँच जनालाई सर्ट लिस्टिङ गरेर अन्तरवार्ता तथा प्रस्तुतिकरणका लागि बोलाउने छ । तिमध्ये तीन जनाको नाम अध्यक्ष नियुक्तीका लागि मन्त्रिपरिषलाई सिफारिस गरेपछि सरकारले बोर्डमा नयाँ अध्यक्ष नियुक्त गर्नेछ ।

बोर्डमा अध्यक्ष नियुक्त गर्नका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव र विज्ञ सदस्यका रुपमा उदय निरौलालाई नियुक्त गरेको थियो । समितिले फागुन १६ गते बोर्डमा अध्यक्ष चयनका लागि सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

वि.सं.२०८० फागुन ३० बुधवार १७:२४ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...