
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बिहीबार बजार १५.३७ अंकले घटेर २०४८ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन सबैभन्दा बढी माछापुच्छ्रे बैंकको प्रमोटर सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको गुर्खाज फाइनान्सको २७ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन शिभम् सिमेन्टको १४ करोड २८ लाख ८० हजार रुपैयाँ, सोनापुर मिनरल्सको १२ करोड ७३ लाख ७३ हजार रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको ९ करोड ५९ लाख ७६ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० चैत ८ बिहीवार १५:०५ मा प्रकाशित