back
NMB ad

रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

Kumari bank ad

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रथम वार्षिकोत्सव मनाएको छ । साबिकका सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर २०७९ चैत्र ९ गतेका दिन बनेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको आज विविध कार्यक्रमको आयोजना गरी प्रथम वार्षिकोत्सव मनाएको हो ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत,उच्च पदाधिकारीहरू लगाएतका सहभागितामा विभिन्न संदेश मूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ । उक्त कार्यक्रम कम्पनीको कमलादी कार्यालयबाट सुरु भई घन्टाघर – भद्रकाली – जमलहुदै पुनः कमलादीमा पुगेर टुंगिएको थियो । साथै नेपाल रेड क्रस सोसाईटिसँगको सहकार्यमा कम्पनीको प्रधान कार्यालय, बानेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ५५ जनाभन्दा बढी सहभागीहरुले रक्तदान गरेको कम्पनीले जनाएको छ ।

बीमा कम्पनीहरूको पुँजी वृद्धि गरि समग्र बीमा क्षेत्रलाई अझै मजबुत बनाई उत्कृष्ट ग्राहक सेवा प्रवाह गर्नका लागि बीमा नियमनकारी निकायको पहलमा दुई कम्पनी गाभिएर बनेको बीमक सानिमा रिलायन्सको चुक्ता पुँजी ४. १८ अर्ब रहेको छ भने लगानी १७ अर्ब नजिक र जीवन बीमा कोष रू १२. ६९ अर्ब रहेको छ । देशभरि १७५ साखा संजाल मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको कम्पनीको व्यवसाय तथा अधिकांश आर्थिक सूचकाङ्कहरू सकारात्मक रहेको कम्पनीले बतमएको छ ।

वि.सं.२०८० चैत ९ शुक्रवार १५:२३ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...