back
Kumari Bank

ग्लोबल मनि विक २०२४ को अवसरमा ब्रोकर भिजिट कार्यक्रम

Nepal Bank

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं. ६४) ले आज विद्यार्थीहरुको लागि ब्रोकर भिजिट कार्यक्रम आयोजना गरेको छ । ग्लोबल मनि विक २०२४ को उपलक्ष्यमा त्रिभुवन विश्व विद्यालय अन्तरगतका एमबिए अध्ययनरत विद्यार्थीहरुलाई सन सेक्युरिटिज प्रा.लि.ले ब्रोकर अफिस भिजिट कार्यक्रम सञ्चालन गरेको हो ।

यस अवसरमा त्रिभुवन विश्व विद्यालय स्कुल अफ म्यानेजमेन्ट तथा सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट अन्तरगत एमबिए तहमा अध्ययनरत विद्यार्थीहरुलाई सन सेक्युरिटिजको अफिस अवलोकन भ्रमण कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा सन सेक्युरिटिजले प्रदान गर्ने कारोबार सेवा तथा डिम्याट खाता सेवाका साथै ब्रोकर अफिस अन्तरगत आन्तरिक रुपमा सञ्चालन हुने विभिन्न विभाग तथा सो अन्तरगत सञ्चालन हुने विभिन्न कार्यहरुको बारेमा विद्यार्थीहरुलाई जानकारी दिइएको थियो ।

पूँजीबजार अन्तरगतको एक अभिन्न क्षेत्रको रुपमा रहेको ब्रोकर व्यवसाय विस्तारै थप व्यवसायिक तथा प्रतिस्पर्धी बन्दै गएको अवस्थामा सन सेक्युरिटिज प्रा.लि.को अत्याधुनिक कारोबार स्थलमा बसेर कारोबार गर्ने लगानीकर्ताहरुले सुरक्षित रुपमा लगानी गर्न सक्ने गरी भौतिक पूर्वाधार तयार गरेको जसमा लगानीकर्ताहरुले ४ घण्टाको समय कारोबार गर्न फराकिलो एवं सहज कारोबार स्थल, चिया कफिका लागि क्याफे सेवा तथा आफैंले कारोबार गर्न नजान्ने लगानीकर्ताहरुका लागि खरिदबिक्री गर्न अनुभवी ट्रेडिङ कर्मचारी लगायतको सुविधा प्रदान गर्नुका साथै आफैंले खरिदबिक्री गर्ने लगानीकर्तालाई निःशुल्क इन्टरनेट सेवा एवं पूँजीबजार तथा लगानी सम्बन्धमा अध्ययन गर्ने विभिन्न श्रोत सामाग्री तथा पुस्तकहरु समेत प्रदान गरिरहेको जानकारी सन सेक्युरिटिज प्रा.लि.का अध्यक्ष कृष्ण गिरीले विद्यार्थीहरुलाई जानकारी गराउनुभयो ।

वि.सं.२०८० चैत ९ शुक्रवार १५:५९ मा प्रकाशित

You can share this post!

कोरियाली बहुराष्ट्रिय कम्पनीले प्रतिस्पर्धाबाट सद्भावना दूत छनोट गर्ने   

कोरियाली बहुराष्ट्रिय कम्पनीले प्रतिस्पर्धाबाट सद्भावना दूत छनोट गर्ने   

वि.सं.२०८२ असार १२ बिहीवार १८:२४

काठमाडौँ : दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी एसवाई ग्रुपको नेपाल च्याप्टरले...

लगनखेलमा यामाहा ब्लू फेस्ट २०८२ सुरु, बाइक एक्सचेन्जमा आकर्षक अफरहरू उपलब्ध

लगनखेलमा यामाहा ब्लू फेस्ट २०८२ सुरु, बाइक एक्सचेन्जमा आकर्षक अफरहरू उपलब्ध

वि.सं.२०८२ असार १२ बिहीवार १८:१४

काठमाडौँ : नेपालमा आयोजना हुने सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव...

सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी   

सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी   

वि.सं.२०८२ असार १२ बिहीवार १७:४५

काठमाडौँ : सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा...

नेपाल आयल निगमले बोलायो विशेष साधारण सभा

नेपाल आयल निगमले बोलायो विशेष साधारण सभा

वि.सं.२०८२ असार १२ बिहीवार १७:१९

काठमाडौं । नेपाल आयल निगमले विशेष साधारण सभा बोलाएको छ...

म्याग्दीमा व्यावसायिक अरिङ्गाल पालन   

म्याग्दीमा व्यावसायिक अरिङ्गाल पालन   

वि.सं.२०८२ असार १२ बिहीवार १६:५९

म्याग्दी : पाखो बारीको भित्तामा सासाना प्वाल छन् । नजिकनजिक...

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ   

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ   

वि.सं.२०८२ असार १२ बिहीवार १६:४७

काठमाडौँ :  वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै रु...