काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेन्ट्रल फाइनान्सकोमैलुङ खोला जलविद्युत कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि नगद लाभांशको निर्णय समयमा उपलब्ध नगराएकोले सेयर कारोबार रोक्का गरेको थियो ।
सेयर कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको थियो । आगामी दिनमा त्यस कम्पनीले २०८० चैत ९ गते नेप्से समक्ष नट्समा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएका कारण समयमा जानकारी गराउन नसकिएको र आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने प्रतिवद्धता पेस गरेकाले धितोपत्र सूचिकरण विनियमावली, २०७५ पूर्ण पालना गर्न गराउन आगामी दिनमा यस्ता त्रुटी नगर्न सचेत गराउँदै रोक्का रहेको उक्त कम्पनीको धितोपत्र कारोबार आज पुस १२ गते फुकुवा गरिएको जानकारी दिएको छ ।
वि.सं.२०८० चैत १२ सोमवार १६:१२ मा प्रकाशित