back
NMB ad

एनआईसी एशिया बैंकद्वारा १ करोड २० लाख रुपैंया बीमा रकम भुक्तानी

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंकले बचत खातामा उपलब्ध बीमा वापत १ करोड २० लाख रुपैंया बीमा रकम भुक्तानी गरेको छ । बैंकले ल्याएको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत २०८० आषाढ १८ देखि फाल्गुण १४ सम्ममा घातक रोगको बीमा वापत सात जना र दुर्घटनामा गरेका पाँच जना गरी कुल १२ जना खातावालाहरूलाई प्रतिव्यक्ति १० लाख रुपैंयाका दरले जम्मा १ करोड २० लाख बीमा रकम आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी भुक्तानी गरेको हो ।

बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकहरू तथा परिवार सदस्यलाई बीमा कम्पनीहरुले प्रदान गरेको उक्त रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको हो ।

बैंकको काठमाडौंस्थित नागपोखरी शाखामा खाता खोलेकी रचना गौचन, दैलेखस्थित दैलेख शाखामा खाता खोलेका चक्र बहादुर कटुवाल, रुपन्देहीस्थित राम मन्दिर बुटबल शाखामा खाता खोलेकी पार्वती श्रेष्ठ, रुपन्देहीस्थित सउ फर्सटिकर शाखामा खाता खोलेको पुन्य प्रसाद ढकाल र कास्कीस्थित न्युरोड पोखरा शाखामा खाता खोलेका विजय कुमार गुरुङलाई दुर्घटना बीमा बापत एवं काठमाडौंस्थित कर्पोरेट अफिस शाखामा खाता खोल्नु भएकी एलिना न्यौपाने र काठमाडौंस्थित कालोपुल शाखामा खाता खोलकी निर्मला चापागाँईलाई घातक रोग बीमा वापत जनही १० लाख रुपैंया प्रतिव्यक्तिका दरले कुल ७० लाख रुपैंया रकम प्रदान गरिएको हो । लाभग्राहीहरूले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गरेको हो ।

त्यसैगरी सिराहास्थित मिर्चैया शाखामा खाता खोलेका राधेश्याम रजक साफी, ललितपुरस्थित पुल्चोक शाखामा खाता खोल्नुभएका तेज बहादुर सुवेदी, चितवनस्थित चनौली शाखामा खाता खोलेका गणेश बहादुर गुरुङ, बर्दियास्थित मग्रागढी शाखामा खाता खोलेकी कुमारी रिता भुसाल र बारास्थित कलैया शाखामा खाता खोलेका कन्हैया लाल चौधरीले दुर्घटना बीमा वापत जनही १० लाख रुपैंया प्रतिव्यक्तिका दरले कुल ५० लाख रुपैयाँ नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा प्रदान गरिएको हो ।

बैंकको बीमा सहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ६ हजार ३ सय ६१ भन्दा बढीलाई १४ करोड ३८ लाख रुपैंयाभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको छ । जसमध्ये घातक रोग बीमा वापत ३३ बढीलाई ३ करोड ५० लाख रुपैंयाभन्दा बढी, दुर्घटना बीमा वापत २६ बढीलाई २ करोड ६० लाख रुपैंयाबढी र मेडिकल बीमा वापत ६ हजार ३ सय २ भन्दा बढीलाई ८ करोड २८ लाख १० हजार रुपैंयाभन्दा बढी रकम प्रदान गरिएको छ । बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि ८४ लाख रुपैंयासम्मको बीमा फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत योजना’ सञ्चालन गरिरहेको छ । जसअन्तर्गत आकर्षक ब्याजदर, ५ वर्षसम्म ८४ लाख रुपैंयासम्मका ३ बीमा, १८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन् । उक्त ८४ लाख रुपैंया बराबरको आकर्षक बीमा फाइदाअन्तर्गत ४० लाख रुपैंयाको दुर्घटना बीमा, ४० लाख रुपैंयाको घातक रोग बीमा र ४ लाख रुपैंयासम्मको औषधि उपचार बीमा उपलब्ध छन् भने अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजार रुपैंयासम्म र ओपीडी उपचारको लागि ८० हजार रुपैंयासम्म बीमा लाभ प्राप्त गर्न सक्नेछन् ।

वि.सं.२०८० चैत १२ सोमवार १९:३६ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...